सेयर बजारमा सामान्य अंकको सुधार

१७ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ९.२५ अंकले बढेर २०८६.८४ को विन्दुमा पुगेको छ । उतारचढावका बीच सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ०.४४ प्रतिशतले बढेर बन्द भएको छ ।
कुलमध्ये ११७ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ८१ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १९ कम्पनी शेयर मूल्य भने स्थिर छन् । बुधबार कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सर्वाधिक ४.०३ प्रतिशतले बढेको छ । बैंकले राम्रो वित्तीय विवरण प्रकाशित गर्ने अपेक्षमा लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएका हुन् । यस्तै सिंगटी हाइड्रोपावरको सेयरमूल्य ३.८९ प्रतिशशतले बढेको छ । यता सामूहिक लगानी योजनामा आरबीबी म्युचुअल फण्ड १ को इकाइमूल्य ४.१४ प्रतिशतले वृद्धि हुँदा सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ३.८९ प्रतिशतले बढेको छ ।
बुधबार प्रभु स्मार्ट फण्डको इकाइमूल्य भने १० प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस