आज साताको चौथो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको सुधार

share-market-increase-news-tatokhabar.com

भदौ ६, काठमाडौं । आज साताको चौथो कारोबारका दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार शेयर बजार २९.४७ अंकले बढेर २०४५.४५ विन्दूमा कायम भएको छ ।

यस दिन बजारमा ४२ लाख ३७ हजार ६९ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८४ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा भएको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ ।

Advertisement:share-market-increase-news-tatokhabar.com

त्यस्तै आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड, कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनी र लिबर्टी इनर्जी कम्पनीले सर्वाधिक नाफा कमाएका छन् । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र एनएमबी डेबेन्चर ८.५० ले सर्वाधिक गुमाएका छन् ।

उपसमूहतर्फका १३ वटैको शेयर मूल्य बढेको छ भने बजार पूँजीकरण ३० खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :