हिउँ चितुवाको संरक्षणका लागि मनाङमा मैत्रीपुर्ण फुटबलखेल हुँदै
११ भाद्र, चामे । मनाङ जिल्लाका विभिन्न स्थानका याक र हिउँ चितुवाको संरक्षण्का लागी मनाङ जिल्लामा मैत्री पुर्ण फुटबल खेल सञ्चालन हुने भएको छ । बायोकोष नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एण्ट फाउण्डेसनको संयुक्त आयोजना र अन्य राष्ट्रिय अन्तराष्ट्रि संघसंस्थाहरुको सहयोगमा उक्त खेल भाद्र २५ देखि २७ गते सम्म अन्य विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित मनाङमा सञ्चालन हुन लागेको हो ।
कार्यक्रमको यात्रा र आतिथ्यताको व्यवस्थापन नमस्ते मनाङले गर्ने भएको छ भने मनाङमा उक्त फुटबल खेल कार्यक्रम सञ्चालन भए पश्चात मनाङ जिल्लाको पर्यटन व्यवसायमा ठूलो टेवा पुग्ने र भौगोलिक सुन्दरताले भरिपुर्ण मनाङ जिल्लामा आगामी दिनहरुमा चलचित्र तथा म्युपजक भिडियोहरुको छायंकनमा पनि बृद्धि हुने नमस्ते मनाङका निर्देशक एवं क्षेत्रीय संयोजक विनोद गुरुङले जानकारी दिए ।
स्थानिय जनताले हाल सम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाई हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु विच सहअश्थित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबर्धनमा प्रोत्साहन गर्ने उदेश्यहरुका साथ यही भाद्र २५ देखि २७ गते सम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुङजीमा अवस्थित फुटबल मैदानहरुमा सेलिब्रेटि टिम हिमालयन स्नो लेपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु) र स्थानिय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक (स्थानिय युवाहरु) विच मैत्रिपूर्ण फुटबल खेल २५ गते तिमाङमा , २६ पिसाङमा र २७ मुङजी ब्राकामा अवस्थित फुटबल मैदानहरुमा आयोजना गर्न लागिएको हो ।
उक्त कार्यक्रमको आकर्षणका लागी नेपालका ख्याति प्राप्त कालाकारहरु, खेलाडीहरु, मिस नेपाल वल्र्ड, मिस्टर नेपाल, मिस युनिभर्स नेपालले खेलमा भाग लिने र स्थानिय युवाहरु संग खेल खेल्ने भएका छन् भने स्थानिय आमा समुह, युवा कल्लब द्धारा विभिन्न सांस्कृतिक कार्यक्रमको प्रदर्शन हुने भएको छ ।