ब्रोकर कम्पनी सञ्चालकका परिवारलाई सेयर किन्न पूर्वस्वीकृति अनिवार्य चलखेल गर्नेलाई निलम्बन

काठमाण्डौं, तातोखबर । ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र व्यवसायी धितोपत्र दलाल, धितोपत्र व्यापारी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघिको विनियमावली, २०५५ मा संशोधन गरी केही नियम र उपनियमहरू थप गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेले बनाएको ‘धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८०’ धितोपत्र बोर्डबाट भने स्वीकृत हुन बाँकी रहेको छ ।
नयाँ व्यवस्था अनुसार एक वर्षमा दुईपटकभन्दा बढी लिखित चेतावनी पाएमा, ऐन-कानुनअनुसार नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा, सेयर मूल्यमा अस्वाभाविक उतारचढाव ल्याउने प्रयास गरेमा, नेप्सेले स्वीकृति दिएबाहेक अन्य प्रविधि प्रयोग गरेमा ब्रोकरलाई निलम्बन गर्न सकिने व्यवस्था छ ।
त्यस्तै, लगानीकर्तालाई हानि-नोक्सानी हुने, कारोबार प्रणालीमा क्षति पुग्ने वा बजारमा विकृति आउने खालका कैफियत गरेको भेटिएमा पनि नेप्सेले ब्रोकरहरूको सदस्यता निलम्बन गर्ने व्यवस्था नयाँ विनियमावलीमा छ । यसका साथै सदस्यले सफाइका लागि पेस गरेको जवाफ सन्तोषजनक नभएमा वा ऐन-नियम, विनियम, आचारसंहिताविपरीत काम गरेको देखिएमा १५ दिनका लागि सदस्यता निलम्बन गर्ने उल्लेख छ ।
संशोधित विनियमावलीअनुसार नयाँ विनियमावली लागू भएको तीन महिनाभित्र ब्रोकर कम्पनीहरूले सदस्यताका लागि पुनः आवेदन दिनुपर्नेछ । त्यस्तै, कानुनले बन्देज लगाएका लगानीकर्ताको नाममा धितोपत्र कारोबार गर्न नपाउने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस