म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले जिते पीएफए वर्ष खेलाडी अवार्ड

१३ भदौ, काठमाडौं । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।
प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए)ले प्रदान गर्ने उक्त अवार्डमा हालान्डले पुरुषतर्फ अवार्ड प्राप्त गरेका हुन् ।
युवा वर्ष खेलाडीको अवार्ड आर्सनलका बुकायो साकाले प्राप्त गरेका छन् ।
हालाण्डले गत सिजन सिटिले ट्रेबल उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिटीका लागि सबै प्रतियोगितामा गरी ५२ गोल गरेका हुन ।
‘यो प्रतिष्ठित पुरस्कार जित्न पाउनु सम्मानको कुरा हो । आफ्नै प्रतिस्पर्धीबाट चुनिनु निकै राम्रो महशुस भएको छ र सबैलाई मतका लागि धन्यबाद दिन चाहन्छु ,’ उनले भनेका छन् ।
हालान्ड सन् २०२२ मा ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए ।
उनि वर्ष युवा खेलाडीमा समेत मनोनीत भएका थिए । तर यस विधामा भने आर्सनलका साकाले बाजी मारेका छन् । उनले गत सिजन आर्सनलका लागि १४ गोल गर्नुका साथै ११ असिस्टगरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस