जनतासँग माओवादी विशेष रूपान्तरण अभियान पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ

agni-sapkota-tatokhabar

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको हो । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिएका छन् ।
अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए । सबै वडाको उद्घाटन गरे पनि दिउँसो १ बजे चन्द्रागिरि-२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने उनले जानकारी दिएका छन् ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन प्रधानमन्त्रीज्यूले पार्टी कार्यालय पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ गर्नुहुन्छ । त्यसपछि दिउँसो १ बजे चन्द्रागिरि-२ घट्टे डाँडामा हुने कार्यक्रममा जानुहुन्छ’, उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी पनि गरे ।

जनस्तरमा प्रभाव पर्ने गरी माओवादी जनतामा जान लागेकोले जनताको असाधारण ऊर्जा आवश्यक भएको सापकोटाले बताए ।

Advertisement:agni-sapkota-tatokhabar

प्रतिक्रिया दिनुहोस् :