भोलि चिरपरिचत प्रतिद्वन्द्वी टीम भारत र पाकिस्तान भिड्दै- कस्ले मार्ला बाजी

asia-cup-2023-ind-vs-pak-tatokhabar

काठमाडौं । एसिया कप क्रिकेटमा भोलि चिरपरिचत प्रतिद्वन्द्वी दुई टीम भारत र पाकिस्तान भिड्दैछन् । उनीहरु दुवैलाई उपाधि दावेदारको रुपमा हेरिएको छ ।

राजनीतिक सम्बन्ध दुश्मनीपूणर् भएको छिमेकी देश भारत र पाकिस्तान बिचको खेलको भिडन्त सधैं रोमान्चक हुने गर्छ । उनीहरु एक-अर्को देशमा गएर द्विपक्षीय श्रृंखला खेल्न सक्ने अवस्था रहेको छैन । त्यसैले बहुराष्ट्रिय इभेन्टहरुमा मात्रै उनीहरुको भेट हुने गर्छ ।

Advertisement:asia-cup-2023-ind-vs-pak-tatokhabar

भारतले पाकिस्तानमा आफ्नो खेलाडी नपठाउने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबीचका सबै खेलहरु श्रीलंकामा हुनेछन् ।

प्रतियोगितामा भारत-पाकिस्तान तिन पटक आमनेसामने हुन सक्ने समीकरण रहेको छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्दैछन् । दुवै टीम सुपर चारमा छनोट हुने बलियो सम्भावना रहेको छ । सुपर चारमा पुगेका चार टीमले एकआपसमा खेल्नुपर्ने हुन्छ । जहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । ।

भारत र पाकिस्तानबीचको खेलको बाजी कसले मार्ला ? यदि यी दुवै टीम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन् । आम रुपमा पाकिस्तानभन्दा भारतलाई बलियो मान्ने गरिन्छ । भारतको टीममा अनुभवी र युवा खेलाडीहरुको राम्रो मिश्रण रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा भारत अब्बल रहेको छ ।

पाकिस्तान अहिले एकदिबसिय क्रिकेटको विश्व वरियताको एक नम्बरमा रहेको टीम हो । विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमले नेतृत्व गरेको टीमलाई हराउन भारतलाई त्यति सहज भने हुने छैन । पाकिस्तानको ब्याटिङ र बलिङ राम्रो छ । तर, फिल्डिङ भने केहि कमजोर छ । भारतले पाकिस्तानको यही कमजोरीको फाइदा उठाउने हो भने उपाधि आफ्नो पोल्टामा हाल्न सक्ने देखिन्छ ।
पाकिस्तानको ब्याटिङ पनि बाबर आजममा बढी निर्भर छ । बाबर लामो समयदेखि एक दिवसीय विश्व वरियतामा नम्बर एक स्थान ओगटेर बसिरहेका छन् । उनी क्रिकेटका तीनवटै फर्म्याटमा आफूलाई अब्बल सावित गरेका ब्याट्सम्यान हुन् । उनलाई क्रिजबाट हटाउन विश्वकै नामी बलरहरुको पनि पसिना छुट्ने गरेको छ ।
पाकिस्तानको ओपनिङ जोडीका रुपमा इमाम उल हक र फकार जमानको जोडी रहनेछ । मध्यक्रममा मोहम्मद रिजवान, सलमान आघा र इफ्तिकार अहमद छन् । उनीहरु तीनैजना आक्रामक क्रिकेटका लागि चिनिन्छन् । यसैगरी तल्लो क्रममा सदाब खान र मोहम्मद नवाजले पनि परेको बेला ब्याटबाट योगदान दिन सक्छन् । सदाव खानसँग उत्कृष्ट फिनिसरको क्षमता छ ।
भोलिको म्याचमा पाकिस्तानले नेपालविरुद्ध खेलेको टीम नै भारतविरुद्ध उतार्न सक्छ । भारत पनि कुनै एक्सपेरिमेन्ट गर्ने मुडमा छैन । दुवैले आफ्नो बेस्ट टीम नै खेलाउनेछन् ।

एसिया कपको अहिलेसम्मको रेकर्डमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात वटा र पाकिस्तानले ५ वटा म्याचमा जीत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :