एनआरएनए असपको निर्वाचनमा उपाध्यक्ष पदका लागि सुनिल शाहले गरे उम्मेदवारीको घोषणा
काठमाडौं, १९ भाद्र । गैर आवासीय नेपाली संघमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अब हुन गईरहेको निर्वाचनका लागि एनआरएनए अमेरिकाका कोषाध्यक्ष सुनील शाहले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । समाज सेवामा लामो समयदेखि क्रियाशील रहेका शाहले हालै सो पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालको माध्यमबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकाल अर्थात २०२३–२०२५ सम्मको कार्यकालका लागि सो परिषद्मा उपाध्यक्ष पदको नेतृत्व लिन चाहेको उनले बताएका छन् । विशेषगरी उक्त संघको स्थापना कालदेखि नै उठाईदै आएका माग र संघले लिएको लक्ष्य प्राप्त गर्न आफूहरुले गर्दै आएको सङ्घर्ष सफल हुने चरणमा रहेको भन्दै अब आफूले चाहेको नेतृत्वको जिम्मेवारी हासिल भए यसलाई टुङ्गोमा पुर्याउन कुनै कसर बाँकी नराख्ने एनआरएनए अमेरिकाका वर्तमान कोषाध्यक्ष सुनील साहले जानकारी दिएका छन् ।
परिषद्को उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै शाहले भनेका छन् ‘गैर आवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा निरन्तर सहभागी भई गैर आवासीय नेपालीको आवश्यकताको मुद्दालाई सम्बोधन गराउने यो अभियानलाई सधैं साथ, सहयोग, समर्थन गर्दै आउनु भएका विश्वभर रहनुभएका अग्रज एनआरएनए अभियन्ता, एनआरएनएकर्मी तथा तमाम् एनआरएनहरू सँगको सर–सल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिने निर्णयमा पुगेको यहाँहरूमा अनरोध गर्दछु, सधैं झै यहाँहरूबाट साथ रहनेछ भन्नेमा विश्वस्त रहेको छु ।’
नेपाली नागरिकताको निरन्तरता नैं आफूहरुको प्रमुख माग भएको समेत आफ्नो सार्वजनिक धारणामा थप्दै उनले थपेका छन् ‘एनआरएनए महाअभियानमा राष्ट्रिय समन्वय परिषद, अमेरिकाको अध्यक्षदेखि अन्तर्राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष रहँदैं हजुरहरुसँगै छु, उपाध्यक्षको उम्मेद्वार बन्ने निर्णय सहीत यात्रा निरन्तर छ ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु