मकवानपुरमा थप २३ जनामा डेंगू संक्रमण

dengo-लामखुट्टे

हेटौंडा, १९ भदौ । मकवानपुरमा थप २३ जनामा डेंगू सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १५ जना र मनहरी गाउँपालिकाका ८ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

Advertisement:dengo-लामखुट्टे

यससँगै जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ३८० पुगेको छ । जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २६० जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ९ जना, बागमती गाउँपालिकाका १६ जना, मनहरी गाउँपालिकाका ३१ जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका १० जना, बकैया गाउँपालिकाका ९ जना र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, सोही अवधिमा हेटौंडा अस्पतालमा ४० जना र अन्य जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :