नेपाल कृषि अनुसन्धान परिषद्को वेवसाइटमा भाइरस

NARC Website

२१ भाद्र, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्को आधिकारिक वेवसाइटमा थ्रेट भेटिएको छ । www.narc.gov.np डोमेन रहेको उक्त वेवसाइट खोल्नेबित्तिकै वेवसाइटमा एडवेयरको हमला भएको देख्न सकिन्छ ।

डेस्कटप/पर्सनल कम्प्युटरमा उक्त वेवसाइट खोलेपश्चात केहि सेकेन्डमा वेवसाइटमा ‘You need to update your browser to view the content!’ भन्ने सुचना देखा पर्दछ र वेवसाइट प्रयोगकर्ताले त्यहाँ रहेको लिंक प्रयोग गरि आफ्नो ब्राउजर अपडेट गर्दा कम्प्युटर आफैं बन्द भइरहने समस्या निम्तिन्छ ।

Advertisement:NARC Website

Adware/Virus on NARC Website

आधिकारिक सरकारी वेवसाइटमा प्रयोगकर्ताले ब्राउजर अपडेट गर्ने निर्देशन देखेपछि निसंकोच अपडेट गर्ने सम्भावना रहन्छ भने त्यहाँबाट आफ्नो उपकरणमा भाइरस भित्रिन सक्ने हेक्का पनि उनीहरुमा नहुन सक्छ ।

उक्त वेवसाइट मोबाइलमा खोल्दा भने अन्य विभिन्न किसिमका विज्ञापनहरु देखा पर्छन ।

सरकारी निकायको आधिकारिक वेवसाइटको सुरक्षा अवस्थाको बारेमा नियमित जाँच गर्नु आवश्यक हुन्छ भने नेपाल कृषि अनुसन्धान परिषद्को वेवसाइट ह्याक हुनु सामान्य कुरा होइन ।

प्रतिक्रिया दिनुहोस् :