६० किलो सुन प्रकरणमा प्रहरीले फेरि एक जनालाई पक्राउ गरेको छ

शिवकुमार-सर्राफ

प्रहरीका केन्द्रीय प्रवक्ताले बाराका शिवकुमार सर्राफलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।त्रिभुवन विमानस्थलबाट बरामद गरिएको उनको संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ ।यो सँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।

Advertisement:शिवकुमार-सर्राफ

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले पक्राउ गरेको थियो।त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडि ट्याक्सिबाट बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस् :