माल्टा पठाइदिन्छु भनी १६ लाख ठगी गरी फरार, भिसा समेत नक्कली

हेटौंडा, मकवानपुर / वैदेशिक रोजगारीको प्रलोभन देखाई हेटौंडा- १० का एक व्यक्तिले ४ जना युवाबाट १६ लाख ठगी गरी सम्पर्क विहिन भएका छन् । खोटाङ जिल्ला घर भएका प्रेम कुमार राइ र साजन राईसहित दुईजना युवकलाइ माल्टा पठाइदिन्छु भनी १६ लाख ठगी गरेको भन्दै पीडितले गुनासो गरेका छन् ।
काठमाडौंमा बस्ने पिडितको फुपुको साथी हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाकी सहजकर्ता सविता बिष्टले आफ्नो श्रीमान विक्रम बाबु बानियाँले विदेश रोजगारीमा पठाउने गरेको भनेपछि उनको छोरा सहित ३ जनाको लागि कुरा गरेको पीडित पक्षले बताए । हेटौंडा-१० कि सहजकर्ता रहेकी सविता बिष्टले आफ्नो श्रीमान पनि जान लागेको र श्रीमान पनि माल्टा जान लागेको र श्रीमानले तपाइहरुको काम गरिदिन्छन् भनेर भेटाएको बताए । पछि बुज्दा उसले आफ्नो देखाएको भिसा समेत नक्कली रहेको पिडित पक्षले बताएका छन् ।
पिडित पक्षकाले गत कात्तिक २७ गते वैदेशिक रोजगारीको लागि प्रक्रिया मिलाउन भनी २ लाख दिएका थिए । ‘पैसा दिएपछि हामी २८ दिन इन्डिया गएर बस्यौं ,त्यो समयमा जसले लग्यो त्यो व्यक्ती हरायो र हामीलाइ केहि गर्नु पर्दैन तपाईंहरु अहिले जानुस् हामी मिलाइ दिन्छौ सबै प्रक्रिया भनेपछि हामी २८ दिनमा नेपाल आयौ ।’ पीडित राईले भने ।
केही दिनमा वर्क परमिट आयो भनेर फेरि चारैजनासँग २/२ लाख मागिएपछि उनीहरुले रकम बुझाएका थिए । वर्क परमिट आएपछि पनि धेरै समय भुलाएर पछि वर्क परमिट नक्कली रहेको पत्ता लागेको पीडितले बताएका छन् । ‘नक्कली वर्क परमिट रहेको थाहा भएपछि हामीले पैसा फिर्ता माग्यौं, पैसा फिर्ता माग्दा म दुबईको लागि काम गर्दैछु, त्यो काम भएर पैसा आएपछि दिन्छु भने । त्यसपछि साउन १४ गतेबाट सम्पर्क विहिन भए ।’ पीडित राईले गुनासो गरे ।
ती व्यक्ति रकम लिएर सम्पर्कबिहीन भएपछि खोटाङ देखि हेटौंडा आएर उनको घर पुगेका थिए । घर पुग्दा उनका बुवाआमाले बुहारी पुर्याउन हेटौंडा–१० को वडा कार्यालय गएको छ भने पछि उनीहरु वडा कार्यालय पुगे । ‘वडा कार्यालयमा श्रीमती छोड्न पुगेका उनी पीडतहरुलाइ देख्ना साथ बाइक फर्काएर भागेका थिए । उनीहरुले ती व्यक्ति विरुद्ध जिल्लामा पुगेर उजरी दर्ता गरेपछि १० नम्बर प्रहरीमा पुगेर छलफल गरेको र अहिले मुद्दा जिल्ला प्रशासन कार्यालय पुगेको प्रेम कुमार राइले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस