निजगढको सिम्रिस्थित जंगलबाट ५ किलो गाँजासहित तीन जना पक्राउ

बारा तातोखबर । प्रहरीले जिल्लाको निजगढ नगरपालिका-९ सिम्रिस्थित जंगलबाट आइतबार दिउँसो अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका-९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका-१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ५ किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :