गरिमा विकास बैंकद्वारा टिकटक प्रतियोगिताका लागि तीज गीत सार्वजनिक
काठमाडौं, २७ भदौ / नेपाली नारीहरुको महान् चाड हरीतालिका तीजका अवसरमा गरिमा विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता सञ्चालन गरेको छ । बैंकले ‘गरिमा तीज’ प्रतियोगिताका लागि एउटा तीज गीत समेत सार्वजनिक गरेर उक्त प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगीहरुका लागि प्रयोग गर्न सार्वजनिक गरिएको उक्त गरिमा तीज गीत बैंकको आधिकारिक युट्युब च्यानलमा प्रसारण गरिएको बैंकका प्रमूख सूचना अधिकारी माधवप्रसाद उपाध्यायले जानकारी दिएका छन् । उपाध्यायले दिएको जानकारीअनुसार करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं सङ्गीतकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।
बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गीत सुनेर बनाईएको टिकटक भिडियो सामग्रीहरुमध्ये सबभन्दा बढी भ्युज, लाईक, शेयर र कमेन्ट प्राप्त भएका भिडियोहरुबाट छनौट गरी विजयी घोषण गरिने प्रमूख सूचना अधिकृत माधवप्रसाद अधिकारीले तातोखबरलाई जानकारी दिएका छन् ।
सो कार्यक्रमका विषयमा थप जानकारी दिदै बैंक प्रमूख सूचना अधिकृत उपाध्यायले भनेका छन्, ‘हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” सार्वजनिक गरेको छ । यस विकास बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,००० तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।’
यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने पनि उनले बताएका छन् । हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बंैकिङ् (गरिमा डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नतिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
-
२.
जलवायु परिवर्तनले श्रम तथा रोजगारीको क्षेत्रमा नयाँ चुनौती : अध्यक्ष कुँवर
-
३.
संसद्को आगामी अधिवेशनमा ऊर्जासम्बन्धी विधेयक प्रस्तुत हुन्छ : मन्त्री खड्का
-
४.
नेपालमा वैद्यखाना चलाउन कानून आभाव छ : आयुर्वेद विभाग
-
५.
अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास मौलाउन दिइन्नँ : प्रधानमन्त्री ओली