हेटौंडामा दुई डाक्टरमाथि हातपात

२७ भदौ,हेटौंडा – हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टर माथी कुटपिट भएको हो  । सन्चो अस्पतालमा कार्यरत डाक्टर बिकास थापा र डाक्टर प्रशान्त बिडारीलाई युवाहरुको समुहले अस्पतालमै आएर डाक्टर माथि हातपात र कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जनाएका छन्।
एक महिना अगाडी डेङ्गु र स्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको त्यसपछि चितवनमा उपचारका क्रममा मृत्यु  भन्दै दुइ जना डाक्टर माथी कुटपिट  गरिएको भन्ने कुरा बुझनमा आएको र हातपात र कुटपिट गर्नेको खोजि भइरहेको डिएसपी भण्डारीले जनाएका छन्।
अस्पतालको सिसिटिभि चेक गर्दै छौ, यस विषयमा प्रहरीले अनुसंधान जारी छ-डिएसपी भण्डारीले भने।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको बुझिएको छ।कुटपिटबाट डाक्टर थापाको हड्डि फ्याक्चर भएको बुझिएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :