भ्रमणवारे प्रधानमन्त्री दाहालले गराए संसदलाई जानकारी

काठमाडौं, २९ भदौ/ प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । आफ्नो चीन भ्रमण र संयुक्त राष्ट संघको ७८ औं महासभाको औपचारिक भ्रमणवारे प्रधानमन्त्री दाहालले शुक्रवार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । प्रम दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट चीन भ्रमणमा जानुपर्ने अवस्था आएको समेत जानकारी दिए ।

Advertisement:

आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने उनले बताए । यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई न्युयोर्कमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अति कम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने पनि जानकारी दिए ।

अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने समेत आफ्नो योजना रहेको प्रम दाहालले बताए । उनले भने, ‘संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी भई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्रसंघको महासचिवबाट निमन्त्रणा भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको हाम्रो अभ्यास र समुन्नत नेपाल निर्माणमा हाम्रो प्रयासका विषयहरुलाई विश्व समुदाय समक्ष मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको छु ।’

महासभामा हुने आफ्नो सहभागिताको विषयमा थप जानकारी दिदै प्रम दाहालले यसैवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महाकारीका कारण सृजित स्वास्थ्य चुनौतिहरु, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रवन्ध लगायतका संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका मुलुकहरुसँग साझा चासो एवं सरोकारका विषयहरुमा गहन रुपमा छलफल हुनेगरी साईडलाईनमा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा सहभागी हुन समेत आफूलाई नियन्त्रणा प्राप्त भएको जानकारी दिए ।

उनले अगाडि थपेका छन् ‘यस वर्षदेखि अल्प विकसित राष्ट्रहरुको तर्फबाट सो समूहको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरुमा विभिन्न मंचहरुमा आफ्नो धारणा राख्नुपर्ने जिम्मेवारी पनि हामीलाई आएको छ । त्यसकारण यो सधैं प्राप्त हुने अवसर होइन । यो विशेष कालखण्डमा विशेष कारणले यो अवसर हामीलाई प्राप्त छ । यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भाद्र ३० मा संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कतर्फ जाने मेरो तयारी रहेकोे छ ।’

भ्रमणका लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको पनि प्रधानमन्त्री दाहालले बताए । उनका अनुसार महासभामा नेपालकोे असोज ४ मा महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेगरी कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियलाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने तयारी भएको छ ।

संयुक्त राष्ट्र संघको महासभको उच्चस्तरीय सत्र पश्चात प्रधानमन्त्री दाहाल असोज ५ गते छिमेकी मुलुक गणवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङजाओ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्र संघको गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्युयोर्कबाट सिधै छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जानुपर्ने स्थिति बन्न गएको पनि उनले बताए । नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण घनिष्ट सम्बन्ध रही आएको र हालैका विषयहरुमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा व्यापक र थप घनिष्ट बन्दै गएको विषयमा पनि सदनमा प्रम दाहले अवगत गराए ।

चीन नेपालको लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गिण विकासमा सहयोग गर्दै आएको बताउदै नेपालको प्रधानमन्त्रीको हैसियतमा नेपालको यो तेस्रो चीन भ्रमण पनि उनले प्रष्ट पारेका छन् । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्धिपक्षीय सम्बन्ध थप प्रगाढ हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए । प्रधानमन्त्री भने ‘यस भ्रमणलाई नेपाल र नेपाली जनताको हीत एवं नेपाल चीन सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने कुरामा म यस सम्मानित सदनलाई अवगत गराउन चाहन्छु । हाङजाओमै चिनिया राष्ट्रपति महामहिम शि जिनपिङसँग भेटघाटको कार्यक्रम रहेको छ ।’

प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो । भ्रमण दल छोटो र छरितो रहेको पनि प्रधानमन्त्रीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् :