भीमफेदी माण्डु हाईडोपावरको डयाममा पुरुषको शव फेला

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ मा रहेको माण्डु हाईडोपावरको डयाममा शनिबार एक पुरुषको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सनाख्त नभएको करिब ४० वर्षिय व्यक्तिको सब फेला परेको हो। वेवारिसे शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

Advertisement:

भीमफेदीको माण्डु हाइड्रोपावरमा निरन्तर रुपमा सब फेला पर्ने गरेका छन् । यसअघि पनि आधा दर्जन भन्दा बडी शवहरु फेला परेका छन् ।

त्यहाँ काठमाडौंबाट नदिले बागाएर ल्याएको फोहोर माण्डु हाईडोपावरमै आएर जम्मा हने र सोही फोहोरसंग शव बगेर आउने गरेको प्रहरीको भनाई छ । बगेर आउने शव सनाखतमा समेत कठिनाई हुने गरेको र केही शवहरुको सनाखत समेत हुन नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् :