वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

हेटौंडा – वैदेशिक रोजगारीमा जाने क्रममा अधिकाङ्श युवा दाजुभाइ ,दिदिबहिनी ,आफन्त र वैदेशिक रोजगार कम्पनी ,ट्राभल एजेन्सी,एजुकेसन कन्सल्टेन्सिबाट ठगिने क्रम पछिल्लो समय बढ्दै गएको छ। नेपालमा मात्र नभइ पछिल्लो समय सामाजिक संजाल मार्फत प्रलोभनमा परि विदेशमा रहेकाहरु मार्फत समेत ठगिमा परिरहेका छन् ।

चालू आर्थिक वर्षको साउन र भदौ (दुई महिना) मा मात्रै वैदेशिक रोजगार सम्बन्धि २९ केस आएको आप्रवासी स्रोत केन्द्र मकवानपुरको तथ्यांकले देखाएको छ ।जसमध्ये ४ जनाको समस्या समाधान भएको छ।

Advertisement:

त्यसैगरी आर्थिक वर्ष ०७९ को तथ्यांक अनुसार,वैदेशिक रोजगारीको सिलसिलामा १ सय ५१ जना विभिन्न समस्यामा परेका छन् ।जसमध्ये वैदेशिक रोजगारको क्रममा ठगिमा ६० जना, विदेशमा मृत्यु भएको १३ जना, विदेशमा बिरामी परेको २१ जना , जेल परेको ६ जना, सम्पर्क विहिन भएको ४ जना र कम्पनीबाट काम तलब नपाएको ४७ वटा समस्या रहेका छन् । जसमध्ये सबैभन्दा बढी ठगिमा परेको तथ्यांकले देखाउछ। जसमध्ये बाहिर जिल्लाको १० वटा रहेको छ।

त्यसैगरी आर्थिक वर्ष ०७९ को तथ्यांक अनुसार वैदेशिक रोजगारीको समस्यामा परेकाहरु मध्ये ९५ जनाको समस्या समाधान भइसकेको छ।जसमध्ये ठगिमा २६ जना,मृत्यु भएको १२ जना,बिरामी परेको १५ जना,जेल परेको २ जना, सम्पर्क बिहिन भएको २ जना र कम्पनीबाट काम तलब नपाएको ३८ जना गरि ९५ जनाको वैदेशिक रोजगार सम्बन्धि समस्या समाधान भएको छ।

आप्रवासी स्रोत केन्द्र मकवानपुरकि सूचना तथा परामर्शकर्ता पार्वती सेन्चुरीको अनुसार, वैदेशिक रोजगारमा पठाउने विभिन्न प्रलोभन देखाइ आफ्ना चिनजानका, आफन्त ,टोलछिमेकमा रहेका मानिस र वैदेशिक रोजगार सम्बन्धि सामाजिक संजालमा आउने गलत सूचना तथा बिज्ञापनमा आकर्सित भइ बढिजसो ठगिमा पर्ने गरेको बताइन् ।अहिले सबैभन्दा बढी ठगी हुने युरोप देश रहेको उनले बताइन् ।

हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा संचालनमा आएको आप्रवासी स्रोत केन्द्र मकवानपुरले ४ वटै स्थानीय तहमा कर्मचारी खटाएको कारण वैदेशिक रोजगारीमा ठगी भएको समस्या सहजीकरणमा मदत पुग्ने गरेको र निशुल्क रुपमा आवश्यक सहजीकरण गर्ने गरेको उनको भनाइ छ ।ठगीमा पर्ने र ठगी गर्ने स्थानीय तहमै छन् भने निवेदन लेख्दिने र आवश्यक कागज पत्र बनाइ जिल्ला प्रहरी कार्यालयसंग समन्वय समेत गरिदिने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र उपलब्धिमुलक बनाउन र ठगिबाट बच्नको लागि आप्रवासी स्रोत केन्द्र मकवानपुरमा वैदेशिक रोजगार बारे सूचना लिएर मात्र जान अनुरोध गरिन।वैदेशिक रोजगारको प्रक्रिया बुज्नुको साथै भिसा सक्कली नक्कली , श्रम स्वीकृति हेर्ने र वैदेशिक रोजगारी प्रक्रिया थाहा पाउन र ठगिमाबाट बच्न आप्रवासी स्रोत केन्द्रमा आउन समेत अनुरोध गरिन।

प्रतिक्रिया दिनुहोस् :