नारायणीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु

पूर्वी नवलपरासी,१ असोज । आज पूर्वी नवलपरासीमा गैंडाकोटको नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका-७ का सुमन कुमालका ९ र १४ वर्षका छोराको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको हो ।

Advertisement:

डुबेका बालकलाई उपचारका लागि चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

साथीहरूसँग पौडी खेल्न गएका बेला उनीहरू नारायणी नदीमा डुबेका हुन् । प्रहरी र स्थानीयले उनीहरुको तत्कालै उद्धार गरे पनि बचाउन नसकिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् :