भीमफेदी कारागारका १४ कैदी थुनामुक्त

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिका गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका छन् ।बुधबार संविधान दिवसको अवसरमा सरकारले देशभरका कैद मिनाहा गरिएका ६७० जनामध्येमा १४ जना भीमफेदी कारागारका रहेका कारागार प्रशासक तिर्थराज पौडेलले जानकारी दिए ।

कारागारमा कैदी जीवन बिताइरहेका र हिजो मंगलबारसम्ममा तोकिएको ५० र ४० प्रतिशत कैद भुक्तान गरेका तथा असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएका कारागार प्रशासक पौडेलले बताए ।

Advertisement:

थुनामुक्त हुनेहरुमा क्रमशः ठगी मुद्दामा सजाय काटिरहेका मकवानपुरको हेटौंडा–११ का पुर्णभक्त लामा, डाँका मुद्दामा कैद भुक्तान गरिरहेको मकवानपुरगढी– ८ का प्रेम बहादुर स्याङ्तान, नकवजनी मुद्दामा कैद भुक्तान गरिरहेका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाईबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमान सिंह भोलन रहेका छन् ।

यस्तै, कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका तनहुँको भानु नगरपालिका–६ का सुक बहादुर नेपाली, खुन–डाँका मुद्दामा सजाय काटिरहेका नवलपरासीको रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका धनुषाको नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपाली रहेका छन् ।

यसैगरी, कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का, नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका नवलपरासीको देवचुली नगरपालिका–१५ का अर्जुन थापा मगर, चोरी मुद्दामा सजाय काटिरहेका काठमाडौंको चन्द्रगिरी नगरपालिका–७ का संजित बहादुर बाग्दास र नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका भारतका जाफिर खान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :