चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ
हेटौंडा – हेटौंडास्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनामा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा-१२ सिक्रेनीका ४० बर्षीय सुनिल पाख्रिन रहेका छन् । उनलाई बुधबार साँझ हेटौंडा-९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्। यही घटनामा प्रहरीले यसअघि ४ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।