नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले बिहीबार पनि आन्दोलन जारी राखे (तस्विर)

काठमाडौं, ४ असोज / १७ बुँदे माग राखी नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।
माइतीघर मण्डलमा भेला भएर उनीहरु पैदल नयाँ बानेश्वर आइपुगेका छन् । सडकमा बाक्लो संख्यामा शिक्षकहरु उत्रिँदा बानेश्वर-माइतीघर सडकको सवारी आवागमन पूर्णरुपमा अवरोध भएको छ ।
६० हजारभन्दा बढी शिक्षक प्रदर्शनमा सहभागी भएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीको दाबी छ ।
सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । बुधबारदेखि विद्यालय बन्द गरेर शिक्षकहरु प्रदर्शनमा उत्रिएका हुन् ।
महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।
महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौँमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले सरकार र महासङ्घबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको गुनासो गर्नुभयो । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस