तरकारीको ठेलागाडामा बेवारिसे शव फेला

death-photo

काभ्रे — काभ्रेको बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्कमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार शुक्रबार दिउँसो ४ बजे बनेपा बसपार्कमा स्थानीयले एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement:death-photo

तरकारीको ठेलागाडामा सुतेको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनका अनुसार शवको पहिचान भने खुल्न सकेको छैन ।

शव पोस्टमार्टमका लागि जिल्लास्थित धुलिखेल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस् :