अबैध रक्सी सहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा – मकवानपरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट प्रहरीले अबैध रक्सी सहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत हेटौंडा हुँदै बारातर्फ जाँदै गरेको डिएल ८ सीएके १३९० नम्बरको कारबाट प्रहरीले रोयल ग्रिन नामक रक्सी ३७५ एमएलको ३९० वटा र १८० एमएलको ५६ वटा सहित दुई जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

पक्राउ पर्नेमा कार चालक भारतिय नागरिक २६ बर्षीय राजेश कसयब र कारमा सवार सोही स्थान बस्ने २५ बर्षीय राहुल कुमार प्रहरी रहेका छन् । प्रहरीका अनुसार उक्त कार नवलपरासीको बोडर हुँदै नेपाल प्रवेश गरेको थियो । बारातर्फ जाँदै गरेको ईन्डियन कार हेटौंडास्थित रातोमाटमा प्रहरीले रोकेर खानतलासी गर्दा उक्त कारको डिक्कीको फल्स बटम बनाएर लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :