मकवानपुरका खेलाडीको दुर्घटना बीमा

मकवानपुर – मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीको दुर्घटना बीमा गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिका अध्यक्ष भेष खड्कीले समिति अन्तरगत रहेका खेलाडीको बीमा गरिदिएको जानकारी गराएका हुन् ।

अध्यक्ष खड्कीका अनुसार, समितिले १० जना खेलाडीको प्रतिव्यक्ति पाँच लाखका दरले ५० लाखको सामूहिक दुर्घटना बीमा गरेको हो । आजैबाट लागू हुने उक्त बिमा एक वर्षको रहनेछ ।

Advertisement:

यस्तै, अध्यक्ष खड्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह स्तरीय प्रतियोगिता आगामी मंसिर महिनासम्ममा हुने जानकारी गराए ।

सो क्रममा काजकिस्तानको अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी खेलाडी रोशनी घलानलाई सम्मान गरिएको थियो ।

हेटौंडा उपमहानगरापलिका वडा नम्वर १४ निवासी घलानलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनी नेपालको तर्फबाट बक्सिङ खेल्न जान लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस् :