एमाले बाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी, ६ बजेदेखि मतदान

काठमाण्डौ – नेकपा (एमाले) को प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले नाम फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा चलिरहेको निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।
निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठका अनुसार दुई सय ४० पदका लागि प्राप्त पाँच सय ४८ उम्मेदवारमध्ये सहमतिका आधारमा अहिलेसम्म झन्डै तीन सय जनाले उम्मेदवारी फिर्ता लिइसकेका छन् । फिर्ता लिने प्रक्रिया सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी विद्युतीय मतदान मेशिनका उम्मेदवारको विवरण प्रविष्ट गरेपछि अहिले बेलुकी ६ बजेपछि मतदान शुरु हुने तालिका छ ।
कमिटीको अध्यक्ष पदका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ, केशर बुढाथोकीले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा वारेसमार्फत केशवराज पाण्डेले पनि उम्मेदवारी दिएकोमा निर्वाचन समितिले उनको उम्मेदवारी आधिकारिकरूपमा नपरेको जनाएको छ ।
यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको बन्द सत्र कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस