डिजेल चोरी गर्ने दुई जना पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा पार्किङ गरी राखिएको रोलरबाट डिजेल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चाइना कम्युनिकेशन कन्ट्रक्सन प्रालिको रोलरबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement:

पक्राउ पर्नेहरुमा बन्दीपुर गाउँपालिका–५ याम्पा बस्ने २७ वर्षीय सुलोचन भट्टराई र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० बस्ने २८ वर्षीय रामबहादुर चमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरुलाई रोलरबाट एक सय दश लिटर डिजल चोरी गरी बा २० च ७४९ नम्बरको हायलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुविरुद्ध तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :