राहत शिक्षकको आन्दोलन स्थगित

काठमाडौं, १२ असोज / राहत शिक्षक र बालविकास शिक्षकहरुले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफ्नो आन्दोलन स्थगित गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रवार भएको ५ बुँदे सहमतिपछि ती शिक्षकहरुले आफ्नो आन्दोलन स्थगित गरेका हुन् ।

राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने मुख्य सहमतिपछि आन्दोलन फिर्ता लिईएको आन्दोलनमा सहभागी शिक्षकहरुले बताएका छन् । ५० प्रतिशतमा सीमित गरी प्रतिष्पर्धा गर्ने व्यवस्था सरकारले ल्याएको विधेयकभित्र रहेकोमा राहत तथा अनुदान कोटामा कार्यरत शिक्षकहरुको असन्तुष्टि रहेकोले यसप्रति असहमति जनाउँदै राहत तथा अनुदान शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

Advertisement:

सहमतिपछि सञ्चानरकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी सङ्घीय ऐन निर्माणमा नपुगेका, छुटपुट कुरालाई संसदीय प्रक्रियामार्फत समावेश गर्नेगरी सहमति भएको जानकारी दिएका छन् । मन्त्री राईका अनुसार यो सहमति शिक्षक महासंघसँग भएको सम्झौताको उत्तरखण्ड भएको हो । सम्झौतालाई संसदमा प्रस्तुत गरी संसदीय प्रक्रियामार्फत विधेयकलाई पारित गर्दा सबैकुरा सामेल हुने प्रतिबद्धता जनाउँदै राहत शिक्षकका माग पूरा गर्ने जिम्मेवारी मन्त्रालयलाई आएको पनि उनले बताए ।

सहमतिभएपछि आन्दोलन रोकेर विद्यालयमा जाने र अब आन्दोलनभन्दा पनि लबिङको आवश्यकता रहेको आन्दोलन स्थगित गरेका शिक्षकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् :