गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रहेको जग्गा व्यक्तिका नाममा: प्रशासनद्वारा छानबिन शुरु
१२ असोज, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ ।
भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै उजुरी आएपछि प्रशासनले छानबिन थालेको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन कार्यालयले आन्तरिकरुपमा छानबिन र अनुसन्धान गरिरहेको र आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको बताए ।‘मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएका पनि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘जग्गासम्बन्धी सबै कागजात र प्रमाणसहित आइतबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएका प्रमुख अर्यालको भनाई छ ।
५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन रहेकोमा हदन्दीका कारण २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरै जमिन स्थानीय काली मन्दिरका नाममा दिएकी थिइन् ।
निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबीच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार सावित भएका थिए ।
रमाकान्तका नातेदार सिद्धार्थनगर नगरपालिका-५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्यालय रूपन्देहीले ७ कित्तामा रहेको ४ बिघा १७ कठ्ठा ६ धुर जमिन गत वैशाख ८ मा दर्ता गरिदिएको हो । आफ्नो नाममा आएको जमिन पर्वतराजकान्तले विभिन्न मितिमा बिक्री गरेर बाँकी रहेको १ बिघा १ कठ्ठा जमिन विमानस्थल निर्माण हुँदा अधिग्रहणमा परेपछि मुआब्जा लिएका थिए ।
विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोतले मुआब्जा वितरण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग भने कुनै परामर्श नलिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु