सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान । सल्यानमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी–५ लेखपोखरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

Advertisement:

मृत्यु हुनेहरुमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा रहेको सल्यान प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, उक्त दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेमध्ये शारदा –१५ की ५७ वर्षीया पेमला भण्डारीलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको छ ।

अन्य १३ जना घाइतेको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :