पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ ले बढ्यो

काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

Advertisement:

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

यसै गरी डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ।

प्रतिक्रिया दिनुहोस् :