मिडिया र अपाङ्गता भएका व्यक्ति विषयक छलफल

हेटौंडा – राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश कार्यालयले मिडिया र अपाङ्गता भएका व्यक्ति विषयक छलफल गर्नुको साथै अपाङ्गता अधिकार सवाल पहुँचयुक्त भौतिक संरचना प्रतिवेदन सार्वजानिक गरेको छ । आइतबार हेटौंडामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा अपाङ्गता अभियानकर्मी तथा सिआईएलका महासचिव गणेश केसीले अपाङ्गताका विषयमा समाचार लेख्दा ध्यान दिनुपर्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले मिडियाले अपाङ्गता भएका व्यक्तिहरुलाइ प्रयोग गर्न हुने र नहुने विभिन्न शब्दहरु, मिडियामा अपाङ्गता भएका व्यक्तिको स्थान बारे र समाचार लेख्दा शब्दचयनमा ध्यान दिनुपर्ने कुराहरुका विषयमा प्रस्तुत गरेका थिए।

Advertisement:

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी निकायहरुको पहुँच परिक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रदेश जनवकालत अधिकृत सुरेन्द्र तिमल्सिनाले सरकारी निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाइ पर्ने समस्याहरु र पहुँच परिक्षण गरिएका निकायहरुबारे प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालयका अधिकृत लोकनाथ घिमिरे, महासंघका केन्द्रीय उपाध्यक्ष अनिता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :