लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार

हेटौंडा – मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान)ले जेष्ठ नागरिक दिवसको अवसर पारी मकवानपुर हेटौंडामा आमा सेमिनार सम्पन्न गरेको छ। जन्मदिने आमा बुबा, शिक्षा दिने गुरु र मातृभूमिको महत्व र गरिमा बोध गराउने उद्धेश्यले आयोजित सेमिनारमा पाँच सय बढिको उपस्थिति रहेको थियो ।
मातृत्व र मातृभूमिको सम्मानमा आयोजित सेमिनारलाई भाषण र आसन ग्रहणमा भन्दा पनि विषयवस्तुमा प्राथमिकता राखिएको थियो । अनौपचारीक रुपमा नै सुभारम्भ भएको कार्यक्रममा बाग्मति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले शुभभावना राख्निुभएको थियो । मानवसेवा आश्रमका प्रमख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
संस्थाका कोषाध्यक्ष एवं तालिम विभाग प्रमुख होमनाथ तिमल्सिनाले सञ्चालन गरेको तालिममा केन्द्रीय सदस्य एवं बाग्मति प्रदेश प्रमुख उमा भण्डारीले मानवताका प्रवद्र्धनका लागि सामूहीक संकल्प गराउनु भएको थियो ।
माघ महिनामा अस्ट्रेलियाको सातओटै स्टेटमा आमा कार्यक्रम प्रस्तुत हुँदैछ ।
कार्यक्रममा बाग्मति प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री कुमारी मुक्तान, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामा, मानवसेवा आश्रमका मकवानपुर जिल्ला संयोजक पुरण बहादुर जोशी लगाएत मानवसेवा आश्रमका अभिभावक, सुभेच्छुकहरुको समपस्थिति रहेको थियो ।
मानवसेवा आश्रमले यस कार्यक्रम सफल बनाउन आश्रमका अभिभावक कैलाश ढकालको संयोजकत्वमा १५ सदसीय आयोजक समिति गठन गरेको थियो ।
मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य सहित २०६९ सालदेखी नै देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारीक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको सामाजिक संस्था हो । हाल देशभर १९ जिल्लामा २४ ओटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :