विद्यालय तथा कलेजका शिक्षाको प्रमाणपत्र हासिल नहुदैमा चिन्ता मान्नु पर्दैैन

— टङ्कप्रसाद (रमेश) न्यौपाने, दुबई

 सन् २०२२ मा १ करोड ५० लाख दिरहामको एउटा परियोजना ९ महिनाभित्र सम्पन्न गर्न सफल भएँ । समयमा त्यो परियोजना सकिएपछि मलाई सबैले चिन्न थाले ।  सन् २०२३ मा जम्मा जम्मी ३० लाख दिरहाम रकमको परियोजना थियो । मार्चमा सुरु गरेर सेप्टेम्बरमा त्यो पनि सम्पन्न गरेँ । अनि मैले उपनाम पाएँ ‘लिडर अफ दि इयर’ भनेर । यो सम्मान मेरो लागि धेरै ठूलो सम्मान हो । जुन दिन मलाई त्यो सम्मान प्राप्त भएको जानकारी आयो त्यो रात कम्पनीको अवार्ड प्रोग्राम हेर्न भनेर मपनि गएँ । शर्ट र प्यान्ट पहिरिएर जब म सम्मान समारोहमा पुगँ त्यहाँ मेरा तस्बिरहरु भित्ताहरुभरी लहराईरहेको देखँ । खुशीका आशु मेरा आखाबाट बग्ने तयारी गरिरहेको थियो । अझ अगाडि जान बाटो खोज्दै थिएँ, बोल्न खोज्दै थिएँ बोल्न सकेको थिर्इँन, पाईला अगाडि बढेको पत्तै पाईँन ।

Advertisement:

म टंक प्रसाद न्यौपाने (रमेश) सिर्थली मनोरथ माइलाको छोरा भनेर चिन्छन् । सबैले गाउँमा रमेश या टङ्क भनेर सायदै कोई होलान् मलाई चिन्नेहरु सिवाय मेरो नातागोता र छरछिमेक बाहेक । मैले घर त धेरै पहिेदेखि छोडेर परदेशको बाटो अंङ्गाल्न बाध्य भएको मेरो घरको परिस्थिति र समयले गर्दा पढाई पूरा गर्न सकिनँ, त्यसमा अरु कसैको दोष छैन । मेरो आफ्नै दोष, गल्ती या आफैं बेबकुफ भएर हो । त्यसमा जे सम्झदा नी हुन्छ ।

मलाई बुबा र दाईले पढाउन धेरै कोशिस गर्नु भयो तर घरको परिस्थिति र ऋणीहरूको छोरा र भाई बनेर मैंले पढाईमा ध्यान लगाउन सकिनँ त्यसमा नी अनेकौं कथाहरू छन् । म नेपालको काठमाण्डौ, पोखरा, हेटौडा अनि भारतको मुम्बई, गोवा, साङ्गली मिराज, बल्लवगड फरिदाबाद, गुडगाउँ र दिल्ली जस्ता सहरहरुमा झण्डै एक दशकभन्दा बढि बिताएँ । अनेकौं काम गरें । सडक मजदूर देखि टेलिफोन कम्पनी वि एस एन एल को एउटा तहमा जिम्मेवार पदमा रहेर समेत काम गर्ने अबवसर मलाई मिलेको थियो । त्यति गर्दा पनि मैले आफ्नो सुखद भविष्य सुनिश्चित हुने कुनै बाटो देखिन । अगाडि बढ्नका लागि मलाई थप सोच्नु पर्ने बाध्यता रही रह्यो । यद्यपी त्यहाँसम्म मैले मेरो बुबा र दाजुको थाप्लोमा ऋण चुक्ता गर्न सपफलता मिल्यो म यसमा गर्व गर्छु । दिल्ली छोडेर नेपाल आएँ । नेपाल फर्किएपछि गाउँ घरमा बसेर आय आर्जन गरी घरब्यावहार चलाउन सक्ने स्तिति थिएन । दुई रुपैयाँ कसैले पत्याउँदैनथ्ये । त्यहाँमाथि मलाई म गाउँमा कमै बसोबास गरेको कारण मलाई गाउँका कमै गाउँबासीहरुले चिन्दथ्ये ।

त्यसपछि मैले परदेशको बाटो खोज्नु पर्ने भयो । त्यो समय पनि आयो । १८ मे सन् २००५ मेरो लामो दुरीको विदेशको यात्रा सुरु भयो । तत्कालीन् आर एन ए सी उडान नम्बर २२९ बाट रातको १२ बजे नयाँ जोस र जाँगर बोकेर दुवईको लागि प्रस्थान गरे । त्यसबीच मलाई सहयोग गर्नु हुने मेरो साथी भनौं या दाई भनौं प्रल्हाद अधिकारी, मेरा भिनाजु टुकप्रसाद गजुरेल, इटहरीको सोमनाथ घिमिरे दाजु अनि मेरो दाजुहरुले मलाई दुबई लैजान जोडदार मेहनेत गर्नुभयो । यो परदेशको बसाईमा मैले उहाँहरुका नाम भुल्न हुदैन ।

झण्डै ६५ दिनसम्म मलाई कुनै प्राप्त हुन सकेन । वेईलमी भएर दुवईको शहरहरुमा भौतारिंदै हिडँे । अन्तत १५ जूलाई सन् २००५ मा मैले ५ तारे होटल मुवेनपिक होटलमा काम पाएँ । महिनाको ७ सय दिरहाम मात्र तलब पाउने गरी दुवईमा मेरो राजगारी शुरु भयो । ७ सय दिरहाम नेपाली लगभग १४ हजार रुपैयाँ मात्र हुन्थ्यो । फर्केर नेपाल जानुभन्दा त्यति नै रकममा भइ पनि काम गर्न यही ठीक भन्ने मेरो ठम्याई रह्यो त्यतिबेला । कतिपय साथीहरु विदेश गएपछि तोकिएको कम्पनी र तोकिएको तलब भएन भने नेपाल फर्कने अनेक प्रयास गर्ने गरेको सुनेको थिएँ तर मैले धैर्य गरेर दुबईको रोजगारीमा स्थापित हुनु पर्ने मान्यता राखेको थिएँ ।

सन् २००८ मा नयाँ कामको सिलसिलामा इमिरेट्स एयरलाइन्सले नयाँ जब अफर गर्यो । त्यो अवसर छोप्न म पनि तयार भएँ र भर्ति भएँ त्यसमा । एयरपोर्टभित्र ग्राउन्ड क्रु को काम २ वर्ष गरें । त्यहाँ काम गर्दा कार्यालयको कामले मलाई दिल्ली एयरपोर्टमा २ महिना टास्क फोर्समा काम गर्ने मौका मिल्यो । त्यसपछि मेरो मलाई अरु मलाई अरु देशहरमा पनि यात्रा गर्ने अवसर मिल्यो । हइटीमा भूकम्प जाँदा १७ दिन स्वयम् सेवकको रूपमा काम गरेको थिएँ । हैइटीमा सेव ागर्न जादाँका ती दिनहरु अझै यादमा ताजै छन् । भूकम्पले थिचिएका मृत शरीर काधमा बोकेर डोजरले खनेको खाल्डोमा गाड्नु पथ्र्यो । करिब १ हजारभन्दा बढी लासहरु गाडिए होलान् । त्यो घटनाले मेरो मनमष्तिस्कमा ठूलो हलचल ल्यायो । आफ्नो ध्यानलाई काममा केन्द्रित गर्न सकिन यद्यपी क्रमशः मेरा दिनहरू कैले सङ्कटसँग जुध्दै त कहिले आफूले नगरी नहुने कामहरुसँगै रमाइलो गर्दै अगाडि पढ्न थाले ।

त्यहिबीचमा मैंले धेरै कुरा सिक्ने मौका पाएँ । आत्मबल बढाएर विभिन्न व्यवहारहरु सिक्दै अगाडी बढ्दै गएँ । जीन्दगीका गोरेटोमा अनेक उतार चढाव निरन्तर पार गर्दै अगाडि बढेँ । मेरा सङ्घर्षका श्रृङ्खला यतिमा मात्रै रोकिएका छैनन् । मैले मेरो समयले मागेको सन्तोषप्रद रोजगारको खोजीलाई रोक्न सकिन । सन् २०१० मा नयाँ काम पाएँ । दुवईको आई एच जी ग्रुपमा मेरो नयाँ नियुक्ती भएको थियो । जुन कम्पनीले मलाई नयाँ रोजगारी दियो त्यो नेपालमा सोल्टी क्राउन प्लाजा सञ्चालकै व्यवस्थापनमा रहेको थियो । त्यहाँ सन् २०१९ सम्म काम गरेँ । सायद मेरो भागभोग सकिएको थियो होला कम्पनीले कामदार हटाउन थाल्यो र २४अप्रिल २०१९ म पनि त्यो कम्पनीबाट निकालिएँ अनि पुन दुवईमा बेरोजगार बन्न पुगेँ ।

जुन कम्पनीबाट म निकालिएको थिएँ त्यहा काम गर्ने क्रममा मेरै गृह जिल्ला मकवानपुरका एक साथीलाई मद्दत गर्ने क्रममा म आफैले नयाँ कम्पनी खोलेर दिएको थिएँ, त्यहि कम्पनी चलाउन उनलाई सहयोग गर्थें । यसरी नै समय बित्दै जाँदा ९ महिना कसरी बित्यो भन्ने पत्तै भएन । नेपाल पनि नगाई बेरोजगारी भएर बसेको महशुस मात्रै भयो तर समय पार भयो । त्यति मात्रै नभएर उल्टै दुई लाख पचास हजार दिरहाम ऋण निकालेर साथीलाई दिएँ अन्ततः साथीले त्यो ऋण तिर्न सकेन । आज म त्यसको पनि भागीदार बनेको छु ।

२ वर्षसम्म आफ्नो देश, आफ्नो गाउँ, आफ्नो घर पुग्न र स्वर्गजस्तो परिवार भेट्न पाएका थिईन । आफ्ना लालाबालासँग केही समयमात्रै भए पनि रामाउने मौका पाएका थिईन । ऋणले शिर गरुङ्गो भएको महसुस हुन्थ्यो । ९ महिनाको १८ हजार कोठाभाडा, नेपालमा आफ्नो घर बनाउँदाको ४० हजार बैंकको ऋणको मासिक किस्ता, खाना, बस्न, गाडीमा पेट्रोल भर्न समेत गरी बेरोजगार बस्दा मेरो ऋणको आकार झण्डै दुवईको ८० हजार दिराम जो नेपाली रुपैयामा हिसाब गर्दा करिब ३० लाख ऋणमा डुब्न पुगेछु । त्यति ठूलो ऋणमा डुबुल्की मार्दा मार्दै मलाई त्यो बेरोजगारीको समयले ठूलो पाठ सिकाएर गयो । सायदै मैले पढेर त्यति ठूलो ज्ञान पाउन सक्ने थिईन, मेरो त्यो कठोर भोगाईले राम्रोसँग सिकायो ।

२३ डिसेम्बर सन् २०१९ नयाँ कामको थालनी गरें जहाँ म आज काम गर्दै छु यो ठाउँ (मदिनात जुमेराह) हो । यो स्थललाई मदिनात जुमेराह भनिन्छ र अझ यो ठाउँलाई ‘दुबई होल्डिङ्ग’ भनेर धेरैजसोले राम्रोसँग चिन्छन् । काम गर्दै गएँ २५ मार्च सन् २०२० मा कोभिडको महामारीले संसारलाई रुवायो र कम्पनी अनिश्चित समयको लागि बन्द गर्याे ।

त्यहि महामारीले गर्दा लाखौं कर्मचारी निकालिए । निकाएका कर्मचारीभित्र म पनि अछुतो रहिन । त्यसपछि पुन मेरा बेरोजगारीका दिनहरु शुरु भए । हिजोको बेरोजगारीले मलाई पाठ सिकाईसकेकोले म त्यसबाट बिललचित बन्नु परेन । मात्रै एउटै चिन्ता थियो कि ‘घरमा परिवारले के सोच्दै होलान् ?’ बारम्बार घर आउन आग्रह भईरहेको थियो परिवारबाट । तर म जान सकेको थिईन, जाने सम्भावना पनि थिएन । हातमा २ रुपैयाँ छैन । नेपाल गएर के गर्ने ? बरु यहाँ बसेँ भने आज नभए भोलि अवश्य मैले काम पाउँछु भन्ने आश पलाईरहेको थियो । त्यसैले म दुवै नै बसेँ ।

जीवनमा जब कमाउन सकिन्न नि ! त्योभन्दा ठूलो लाचारी समय अरु कुनै हुदैन भन्ने कुरा मैले पहिले नै बुझेको थिएँ । बेला बेलामा सोच आउँथ्यो ‘अब मेरो जिन्दगी सायद यत्ति नै रहेछ कि भन्ने ।’ किनकि परिवारको जिम्मेवारी बहन गरेपछि त्यो पूरा गर्न नसक्दा सबैको नजरबाट तल झरिदो रहेछ । सायद मैले गलत बोलेँ होला तर यो मेरो भोगाइ हो ।
समयले नयाँ मोड लियो । फेरि ७ महिनापछि २९ सेप्टेम्बर २०२० मा त्यही कामको लागि कम्पनीले बोलायो नयाँ उत्साह र उमङ्गका लहरहरू बोकेर पुन हामीलाई काममा फर्कने अवसर मिल्यो । सन् २०२० देखि २०२३ सम्म आईपुग्दा अर्को नयाँ लामो गन्तव्य पार गरें । त्यहिबीचमा १९ नोभेम्बर सन् २०२१ मेरो आफ्नै गाडी दुर्घटनामा पर्याे पुलिसकेस भयो, त्यै समयमा मैले साथीलाई निकालीदिएको बैंक ऋण नतिरेको कसुरमा बैंकले मुद्दा चलायो । २१ दिन त जेलमा बस्न पनि म बाध्य भएँ । त्यस्तो अवस्थामा कम्पनीले पनि मद्दत गर्याे । त्योभन्दा पनि ठूलो मद्दत मलाई मेरो गृह जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ६ चुचेखोला मेरा मित्र सफल घिमिरेलाई मैले कहिल्यै बिर्सन सक्दिन, उनले मलाई जेलबाट निकाल्न धेरै मेहनत गरे । कहिले पुलिस चौकी त कैले अड्डा अदालत्, अनि कहिले सिआईडी कार्यालयहरु सम्म पुगेर सफलले दिन रात नभनी हिँडेको त्यो गुणको पनि म ऋणी छु । नेपाली रुपैयाँ ११ लाख ५० हजार धरौटीमा जेलबाट छुटेपछि सोही कम्पनीमा काम गर्न थालँे ।

सन् २०२२ मा १ करोड ५० लाख दिरहामको एउटा परियोजना ९ महिनाभित्र सम्पन्न गर्न सफल भएँ । समयमा त्यो परियोजना सकिएपछि मलाई सबैले चिन्न थाले । सन् २०२३ मा जम्मा जम्मी ३० लाख दिरहाम रकमको परियोजना थियो । मार्चमा सुरु गरेर सेप्टेम्बरमा त्यो पनि सम्पन्न गरेँ । अनि मैले उपनाम पाएँ ‘लिडर अफ दि इयर’ भनेर । यो सम्मान मेरो लागि धेरै ठूलो सम्मान हो । जुन दिन मलाई त्यो सम्मान प्राप्त भएको जानकारी आयो त्यो रात कम्पनीको अवार्ड प्रोग्राम हेर्न भनेर मपनि गएँ । शर्ट र प्यान्ट पहिरिएर जब म सम्मान समारोहमा पुगँ त्यहाँ मेरा तस्बिरहरु भित्ताहरुभरी लहराईरहेको देखँ । खुशीका आशु मेरा आखाबाट बग्ने तयारी गरिरहेको थियो । अझ अगाडि जान बाटो खोज्दै थिएँ, बोल्न खोज्दै थिएँ बोल्न सकेको थिर्इँन, पाईला अगाडि बढेको पत्तै पाईँन ।

त्यो समय ‘सपना पो हो की !’ भन्ने भान पनि पर्यो मलाई । मभन्दा माथिल्लो ओहोदाका अधिकारीहरुले मलाई बधाई दिन थाले, साथीहरुले अङगालोमा हालेर आत्मीयता साट्न थाले । दुबईमा रहदा हिजोका दिनहरुमा वेरोजगारी भएँ भन्दै हरेस खाएर नेपाल आएको थिएँ भने सायदै आज म यो मुकाममा पुग्थे होला ? हिजोको सबै पीडा बिर्सेर मलाई यहाँसम्म पुग्नलाई सन् २००५ देखि २०२३ सम्म सहयोग गर्ने सम्पूर्णलाई उत्प्रेरक सहयोगी र शुभेच्छुक महानुभावाहरुमा धन्यबाद दिन चाहन्छु ।
बिशेष धन्यवाद मेरो लक्ष्मण बजगाईं भिनाजु (जो पत्रकार पत्रकार पनि हुनुहुन्छ)ले जहाँ जहिले भेट्दा पनि ‘भाई तिमी केही न केही गर्न सक्छौ, हिम्मत छ तिमीसँग र यो हिम्मत कहिल्यै नहार’ भन्नु हुन्छ, त्यो नै मेरो हिम्मतको आधार हो । यहि दुबईमा हिजो प्रति नेपाली १४ हजार रुपैया कमाउने मान्छे म आज ४ लाख कमाउँछु, तैपनि त्यसबाट पारिवारिक सुख पाउँन सकेको छैन । किनकी परिवारदेखि २६ सय किलोमिटर टाढा बसेर एक्लो जीवन बिताउँदै छु । अनि अलिकति गर्व पनि लाग्छ, विद्यालय र कलेजको पढाई कमै नै भएको मान्छे आज ५ सितारा लक्सरी होटलमा मेनेजर जस्तो पदमा बसेर काम गर्ने मौका पाएको छु ।

एक रातको नेपाली रुपैयाँ ९० हजारदेखि २६ लाख ५० हजार होटल बास बसेको भाडा पर्ने विश्वकै उत्कृष्ट होटलमा गनिने होटलमा सेवा गर्न पाएको छु । यसमा पनि म बढो गौर्वान्वित छु । समग्रमा म के भन्न चाहान्छु भने पढ्न सकिएन भनेर कहिले पनि आफूले आफैंलाई सानो सोच्नु हुदो रहेनछ । काम गरेर बटुलेको शिक्षा भनेको स्कूल कलेज र युनिभर्सिीबाट लिएको डिग्रिको सर्टिफिकेटभन्दा बलियो हुन्छ । त्यै सम्झेर कैले पनि मेह्नेत गर्न नछोडौ कसलाई के थाहा आज म यहाँ छु भोलि कहाँ हुन्छु भनेर ? जहाँ भएपनि म बितेका दिनहरूलाई सम्झेर खुशी हुने गर्दछु । वितेका तिनै सङ्घर्षका श्रृङ्खलाहरुमा रमाउन सक्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् :