भारतविरुद्ध सोमपालले दिलाए दोस्रो सफलता

काठमाडौं । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामीले दोस्रो सफलता दिलाएका हुन् ।

Advertisement:

१२औं ओभर बलिङका लागि आएका सोमपालले चौथो बलमा भारतका तिलक वर्मालाई बोल्ड गरे । वर्मा दुई रन बनाएर आउट भए ।

जारी खेलको ११.५ ओभर समाप्त हुँदा भारतले दुई विकेट गुमाएर १११ रन बनाएको छ । भारतबाट हाल क्रिजमा रहेका यशस्वी जयसवाल ७९ रन र जितेश शर्मा शून्यमाा खेलिरहेका छन् ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धाको अवसर पाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस् :