सशस्त्र प्रहरीद्वारा ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद

काठमाडौं – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको ८० लाख रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ । प्रहरीले सिरहाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार, भारतबाट अवैध रुपले ल्याई लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बीओपी) गडिगदियाबाट खटिएको टोलीले उक्त रकम बराबरको ७८ पोका लत्ताकपडा बरामद गरेको हो ।

Advertisement:

स्थानीयबासिन्दाका तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनको लागि कसले राखेको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :