हेटाैंडामा खुल्याे आकाश मेमाेरियल क्याम्पस

हेटौंडा – हेटौंडामा सहिद आकाश मेमोरियल क्याम्पस सञ्चालनमा आएकाे छ । हेटौंडा ५ स्थित रिलायन्स स्कुलको प्राङ्गणमा सहिद एकलाल सुवेदी ( आकाश ) स्मृति प्रतिष्ठान नेपालद्वारा संचालित प्रतिष्ठानले टेक्निकल बिषयहरु पढाउने उद्देश्यले क्याम्पस सञ्चालनमा ल्याएको मंगलबार पत्रकार सम्मेलन मार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजय गौतमले जानकारी दिए।
मकवानपुर जिल्लाको पहिलो बिआइटी क्याम्पसको रुपमा संचालनमा आएको उक्त क्याम्पसले यहि शैक्षिक सत्रबाट स्नातक तहको बिआइटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी) तथा बिबिए (ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन) गरी दुइवटा बिषयमा पठनपाठन सुरु गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । टेक्निकल बिषय पढ्नका लागि विदेश जाने क्रमलाई कम गर्ने उद्देश्यले क्याम्पसले भविष्यमा अन्य टेक्निकल बिषयमा अध्यापन गराइने लक्ष्य रहेको सञ्चालक समितिका अध्यक्ष गौतमले बताए ।
क्याम्पसले चार बर्षे बिआइटी कोर्सका लागि ५ लाख ३५ हजार रुपैयाँ र चार बर्षे बिबिए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै क्याम्पसले लक्षित वर्गका १० प्रतिशत बिद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ । मंगलबार बसेको क्याम्पस बोर्ड बैठक मार्फत सामाजिक विकास मन्त्री कुमारी मुक्तानबट क्याम्पसको शुभारम्भ गरिसकेकोले भर्ना लिने काम सुरु गरिने प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस