चलचित्र ‘चिट्ठी’ केही दिनमै फष्टलुक्स सार्वजनिक गरिने

काठमाण्डौ, १७ असोज / पोष्ट प्रडक्सन सकेर बजारीकरणमा ताहिएको नेपाली कथानक चलचित्र ‘चिट्ठी’ को फ्रस्ट लुक केहि दिनभित्रमै सार्वजनिक गरिने भएको छ । चलचित्र निर्माण पक्षले यस चलचित्रमा काम गर्ने सबै सदस्यहरुलाई कार्यप्रगतिको जानकारी गराउन आयोजना गरिएको एक कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।
सञ्चारकर्मी कमला जोशीको मुख्य निर्माण रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न र र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिदै यस चलचित्रको विशेषता वारे पनि पनि सो भेटघाटका अवसरमा समीक्षा गरिएको थियो । चलचित्र कर्मी एवं सञ्चारकर्मी माधवराज खरेलको निर्देशनमा निर्माण भएको उक्त चलचित्रमा कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘चिट्ठी’ मा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजङ्ग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सो चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत रहेको छ शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको गायन रहेको छ । त्यस्तै डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको चलचित्र चिट्ठीलाई जीवन पराजुली र राजन खरेलको छायाङ्कन गरेका छन् भने अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन गरेका छन् । त्यस्तै उक्त चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस