सामाजिक सञ्जालमार्फत रकम सङ्कलन गरेर सहयोग प्रदान

— मिलन बञ्जारा

काठमाडौं, १७ असोज / पछिल्लो समयमा समाजसेवी संस्थाहरुद्वरा समाजमा विभिन्न कारणले पीडा भोगीरहेका पीडितहरुको सहायताका लागि इन्टरनेट सामाजिक सञ्जालको प्रयोग बढाउदै लगिएको छ । इन्टरनेट सामाजिक सञ्जालको माध्यमबाट सहायता रकम सङ्कलन गरी पीडितलाई उपलब्ध गराईएको राजधानीमा रहेको एउटा सामाजिक संस्थाको उदहारणले पुष्टि गरेको हो ।
इन्टरनेट सामाजिक सञ्जालमार्फत सहायता रकम सङ्कलन गरी विभिन्न जिल्लाहरुबाट राजधानीमा आएर दुःख र पीँडा भोगिरहेका पीडितहरुलाई सेवा गर्दै आएको एक दशकअघि स्थपाना भई सञ्चालन हुदै आएको मानव सहायता समूह नेपालले ती पीडितहरुको पीडामा मल्हम लगाउने काम गरिरहेको बताईएको छ । उक्त समूहले काठमाडौंको बालाजुमा कार्यालय सञ्चालन गरी दातृ निकायहरुबाट सहयोग लिएर त्यस्ता असहायहरुलाई सहयोग गर्दै आएको समूहका अध्यक्ष टीकाप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
पछिल्लो समयमा लोकप्रीय बन्दै गएको इन्टरनेट सामाजिक सञ्जालमार्फत सहयोगको आव्हान गरी रकम सङ्कलन गरेर पीडितहरुलाई सहयोग गर्दै आएको उनले तातोखबरलाई बताएका छन् । मानव सहायता समूह नेपालले हालै टिकटक लाईभ मार्फत सहयोगको आव्हान गरी देश विदेशबाट झण्डै २ लाख २० हजार रुपैयाँ सहयोग रकम सङ्कलन भएको जानकारी सार्वजनिक गरेको छ ।
सामाजिक अभियन्ताहरुले पठाएको उक्त सहयोग रकम मध्येबाट ललितपुर जिल्ला, बागडोल निवासी ४२ वर्षीय मष्तिस्क पक्षघातबाट ग्रसित राजेन्द्र खतिवडाको स्वास्थ्य उपचारका लागि शिघ्र स्वास्थ्य लाभको कामना गर्दै समूहको १७ औ कार्यक्रमका अवसरमा सो रकम हस्तान्तरण गरेको अध्यक्ष तिमल्सिनाले जानकारी बताए । यसअघि पनि आश्रम भवन वनाउनदेखि दीन–दुःखी, अनाथ, असहायलगायत आर्थिक अभावले उपचार गराउन नसकेका पीडितहरुलाई सहयोग रकम हस्तान्तरण गर्दै आएको अध्यक्ष तिमल्सिनाले प्रष्ट्याएका छन् । आगामी दिनहरुमा पनि सहयोगका गतिविधिहरुलाई निरन्तर दिदै जाने बताउदै उनले भने ‘म सामाजिक सेवामा लागि रहने प्रतिबद्धता व्यक्त गर्दछु । हाम्रो यो अभियानमा सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्दछु ।’

संस्थाका बरिष्ठ उपाध्यक्ष तथा आर्थिक संयोजक लाइभ होस्टर सुरेस घलेले आर्थिक सङ्कलन गर्न सहयोग दाताहरुप्रति आभार प्रकट गर्दै संस्थामा मन, बचन र कर्मले निरन्तरताका दिदै जाने र दीन दुःखीको सेवा गर्ने प्रतिद्धता जनाए । त्यस्तै सल्लाहकार गोकर्ण थपलियाले संस्थाको गतिविधिका बारेमा प्रष्ट पारे । उनले संस्थाले गरेका कामको सह्रना गर्दै आगामी दिनहरुमा पनि निरन्तर सेवामा लाग्ने प्रतिवद्धता जनाए ।

Advertisement:

उक्त अवसरमा अतिथि बक्ताहरु लक्ष्मी खतिवडा, मनोज कार्की, नम्रता केसी, लक्ष्मी भारद्वाज, सन्ध्या खड्का, पारु श्रेष्ठ, महेन्द्र ओली, नीता भण्डारीले संस्थाले गरेको पवित्र कर्मको प्रशंसा गर्दै निरन्तर अगाडि बढेर सेवा गर्न सुझाव सल्लाह दिएका थिए । विरामी राजेन्द्र खतिवडाकी धर्मपत्नि रीता खतिवडाले मानव सहायता समूहले गरेको सेवा भावलाई कहिले नविर्सने वताईन् । सस्थाका सचिव जानकी केसी, कोषाध्यक्ष तुलासा तिमल्सिना तथा सदस्य सीता थिङ, ज्ञानु सिलवालसमेतले कार्यक्रममा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस् :