मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, १८ असोज / पछिल्लो समयमा पूँजीबजारमा शेयर किनबेचमा भन्दा आईपिओतर्फ लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको बेला हालै शेयर विक्री गर्न अनुमति पाएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी कात्तिकदेखि १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले आईपीओ निष्कासन गर्न लागेको कम्पनीका एक अधिकारीले जानकारी दिए । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको जनाईएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

Advertisement:

कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस् :