माधव नेपाल भोलि हेटौंडा जाने

मकवानपुर – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल भोलि हेटौंडा आउने भएका छन् ।

अध्यक्ष नेपाल मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेका हुन् ।

Advertisement:

 

नेकपा एकीकृत समाजावादी मकवानपुर जिल्ला कमिटीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको हो ।

सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष विष्णुपप्रसाद दाहालले गत असोज १४ गतेबाट सुरु भएको १५ दिने मेची–महाकाली अभियानको टोली भोलि हेटौंडामा आइपुग्ने र त्यसलाई पार्टीका अध्यक्ष नेपालले सम्बोधन गर्ने जानकारी दिएका हुन् ।

कार्यक्रमलाई अध्यक्ष नेपालसँगै पार्टीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने उनले बताए ।

उनका अनुसार, शुक्रबार बिहान साढे १० बजे हेटौंडाको सिमाचोकमा जनसभाको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :