चलचित्र ब्ल्याक छायाँको हेटौंडामा विशेष शो हुने

हेटौंडा – हेटौंडाका खड्ग बहादुर मोक्तानद्धारा निर्मित नेपाली चलचित्र ब्ल्याक छायाँ हेटौंडामा विशेष शो हुने भएको छ ।

कार्तिक २ गते ओम्याक्स सिनेमा घरमा चलचित्र प्रदर्शन गरिने जनाइएको छ । आर.एल लामाद्धारा निर्देशित चलचित्रमा नीर शाह, बुद्धि तामाङ, रवीन्द्र झा, जानवी बस्नेत, आर.एल लामा, शोभित बस्नेत, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।

Advertisement:

सामाजिक कथावस्तुका साथै सस्पेन्स चलचित्रको रुपमा चलचित्र निर्माण गरिएको प्रस्तुकर्ता मोक्तानले बताए । मकवानपुरको फापरबारी, हेटौंडा, कुलेखानी र काठमाडौंमा छायाकंन गरिएको उक्त चलचित्रको कथा निर्देशक लामा आफैंले लेखेका छन् ।

प्रस्तुतकर्ता मोक्तानले यस अघि द मंगोलियन हर्ट र चोर पुलिस नामक चलचित्र निर्माण गरिसकेका छन् । एक करोड भन्दा बढी लगानीमा चलचित्र निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।
हेटौंडामा नै छायाँकन गरिएको र सम्पूर्ण निर्माण टिम हेटौंडाकै रहेकाले हेटौंडामा विशेष शो देखाउन लागिएको डेविड मोक्तानले बताए । हामी तीनजना म,नीमा दोर्जे मोक्तान र विकास स्याङ्तानले उक्त चलचित्रको च्यारेटी शो गर्न लागेका हौं, मोक्तानले भने ।

हामीले शो मार्फत संकलन भएको रकमबाट केही रकम भीमफेदी ८ निवासी दुवै मृर्गौला पिडीत मीना गोलेलाई उनको उपचारका लागि सहयोग गर्ने छौं, मोक्तानले भने । उनले टिकट हामी तीन जना सँग सम्र्पक गरेर लिन सक्ने बताउँदै मोक्तानले भने टिकट शुल्क पाँच सय राखेका छौं ।

प्रतिक्रिया दिनुहोस् :