बिहान ६ बजेदेखि हट्यो नेपालगञ्जमा जारी कर्फ्यू

बाँके- धार्मिक विवादका कारण तनाबग्रस्त बनेको नेपालगञ्जमा आइतबार बिहानदेखि कर्फ्यू हटेकाे छ।

गएराती ८ बजे जारी कर्फ्यू आज बिहान ६ बजेबाट हटाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

Advertisement:

प्रशासनका अनुसार कर्फ्यू आज दिनभरीका लागि हटाइएकाे हो। यद्यपि, राती ८ बजेदेखि बिहान ६ बजेसम्म फेरि कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन अधिकारीले जानकारी दिए।

स्थानीय प्रशासनले बिहीबारदेखि नै दिनभरी कर्फ्यू हटाउने र रातीमा लगाउने गरेकाे छ।

प्रतिक्रिया दिनुहोस् :