नुहाउने क्रममा सेती नदीमा डुबेर बालक र बालिका बेपत्ता

डोटी – डोटीको सेती नदीमा नुहाउने क्रममा डुबेर बालक र बालिका बेपत्ता भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा एक जना बालक र एक जना बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Advertisement:

प्रहरीका अनुसार, बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे २ वर्षीय सिद्धार्थ देउवा छन् ।

बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :