दाङमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

दाङ – दाङको तुलसीपुरमा श्रीमान् र श्रीमती शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको तुलसीपुर–९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका त्रिवेणी गाउँपालिका ४ फलावाङका २६ वर्षीय सुशील भण्डारी र शारदा नगरपालिका–१२ की २१ वर्षिय पबित्रा डाँगी भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement:

उनीहरु दुबै जना एउटै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुशील झुण्डिएको अवस्थामा र शारदा टाउकोमा चोट लागि बेडमा मृत फेला परेका हुन् ।

घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा सुशीलले शारलाई कुटपिट गरेर हत्या गरेपछि आफ्ले पनि आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धान गरिएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :