गतिशील नारी

नम्रता ‘निराश्रित’
यो संसार कुमालेको चक्र झैं घुमिरहेछ,
घाम, पानी, वायु लगायतका पन्चतत्वको मिश्रणले चलायमान भईरहेको छ ।
चारै धु्रवलाई एकाकार सम्बन्धमा बाँधेर आफू निडर बनिरहेछ ।
यस्तो चमत्कारिक महत्वको संसारमा
आफूलाई परिस्थिती अनुकूल ढालेर,
नम्रता समाई उठेर,
धर्तीको बोझ बोकेर,
शालीनता प्रस्तुत गर्दै सम्मान लिएर बसेकी व्यक्तित्व हुन् नारी ।
यिनीहरु उन्नतिशील हुन्छन्,
आफ्ना सबै इन्द्रीयलाई अनुकूलता हेरेर अग्रसर बनाउँछन्,
असल मौकालाई कुरेर बस्छन्,
सफलतालाई सपना देख्छन्,
पीडासँग डटेर लड्छन्,
व्यथाको मुस्कुराहट पञ्छाउन खोज्छन्,
खुशीको अङ्गालो कसिलो बनाउँछन् ।
यिनीहरुले आफू आँसुमामा डुबेर पनि अरुलाई हसाँउन जानेका हुन्छन्,
यिनीहरु कपटमा विश्वास गर्दैनन्,
यिनीहरु धोकालाई भुल्दैनन्,
यिनीहरुले धुत्र्याइँ समाएका हुदैनन् ।
यिनीहरु निकै कन्चन मनका हुन्छन्,
हिउंदको छहरो जस्तै सफा अति सफा मनका ।
यिनीहरुको सङ्लो पना
कसैले धमिल्याउन खोजे त्यसलाई बाँकी राख्दैनन्,
आफू एकोहोरो सफलताको भर्याङ चढ्ने कोशिस गरिरहेका हुन्छन्,
पछाडी फर्केर हेर्दैनन्,
वर्तमानमा अल्झिएर बस्दैनन्,
विगतलाई कहिल्यै भुल्दैनन्,
भविष्यको मात्र कल्पना गर्दैनन्,
यिनीहरु यथार्थको गहिराईमा डुब्छन्,
भावनाको संसारमा रमाउछन्,
खुशीको बतासमा हराउँछन्,
उदेश्यको गति बढाउँछन् ‘नारी’
यस्तै छन् नारी
कहिल्यै नरोकिने
आजका नारी
गतिशील नारी
— काठमाण्डौं – १६, नयाँबजार
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस