हमासको आक्रमणमा परी घाइते २ जना नेपाली विद्यार्थी डिस्चार्ज

काठमाडौं – हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जनाको उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताइन् । अब २ जनाको मात्रै उपचार भइरहेको उनको भनाइ छ ।

Advertisement:

घाइतेहरूको उपचारका लागि समेत नेपाल सरकार र इजरायल सरकार गम्भीर भएर लागिरहेको उनको भनाई छ ।

गत शनिबार गाँजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा परेर अझै एक जना बेपत्ता रहेको र उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :