धार्मिक सहिष्णुता कायम गर्न मुस्लिम सङ्घद्वारा ध्यानाकर्षण
काठमाडौँ, २५ असोज / नेपाल मुस्लिम सङ्घले देशका केही भागमा देखिएको अवस्थालाई मध्यनजर गरी धार्मिक सहिष्णुता कायम गर्न सबैको ध्यानाकर्षण गराएको छ । सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।
केही दिन यता देशका विभिन्न भागमा देखिएको धार्मिक असहिष्णुताप्रति नेपाल मुस्लिम सङ्घको गम्भीर चिन्ता रहेको भन्दै सहिष्णुता कायम गर्ने वातावरण बनाउन नेपाल सरकारसँग सङ्घका सभापति अतावुल मन्सुरको नेतृत्वको टोलीले मन्त्री श्रेष्ठलाई आज भेटेर माग गरेको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठमार्फत् नेपाल सरकारलाई दिइएको सो ज्ञापनपत्रमा नेपालीहरुका महान पर्वहरुको सुरुआतसँगै फेरि पनि त्यस्ता धार्मिक असहिष्णुताका घटना नदोहरिएलान् भन्न नसकिने भन्दै त्यसैले दसँै, तिहार, छठ तथा मुस्लिम धर्मावलम्बीहरुले मनाउने मोहर्रम पर्व मनाउने क्रममा आवश्यक सुरक्षा र सद्भावको व्यवस्थाका लागि माग गरिएको छ ।
यस्ता धार्मिक कार्य सम्पन्न गराउने क्रममा आवश्यक सुरक्षा प्रबन्धका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायका सबै अङ्गहरुलाई विशेष निर्देशन दिन सो ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस