जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र बहुउपयोगी

घोराही, २८ असोज / जेष्ठ नागरिकहरुका लागि सञ्चालनमा ल्याईदै गरेको दिवा सेवा केन्द्र प्रभावकारी बन्दै गएको अनुभूति गर्न थालिएको छ । जेष्ठ नागारिकहरुलक्षित दिवा सेवा केन्द्रहरु विस्तार हुदै गएकोमा यस्तो अनुभूति गर्न थालिएको हो ।
दाङ्गको घोराही उपमहानगर पलिका १५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले सञ्चालनरत एक दिवा सेवा केन्द्रले आयोजना गरेको विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा प्रमूख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट गराउने माध्यम दिवा सेवा केन्द्र बनेको बताईन् । कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेकोमा दुःख ब्यक्त गरिन् । घोराहीमा विगत केही वर्षदेखि सञ्चालनमा आएको दिवा सेवा केन्द्र अत्यन्त उपयुक्त रहेको भन्दै यसलाई देशका अन्य सहरी क्षेत्रहरुमा विस्तार गर्न आवश्यक रहेको औंल्याईन् ।
ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भएपनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेका, वृद्ध आश्रममा लगेर छोडेका घटना आउने गरेको भन्दै त्यस्ता घटनालाई रोक्नका लागि पनि दिवा सेवा केन्द्रले सहयोग पु¥याउने बताईन् । यसका लागि आधारभूत सेवासहितका पूर्वाधार निर्माण गर्न आवश्यक रहेको भन्दै मन्त्री शर्माले आगामी बजेटमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्र्धता पनि जाहेर गरेकी थिईन् । उनले अव बन्ने दिवा सेवा केन्द्रलाई भेटघाट गर्ने थलोसँगै ज्येष्ठ नागरिकको शारीरिक र मानसिक उपचार गर्ने स्थलका रुपमा विकास गरिनुपर्ने बताईन् ।
मन्त्री शर्माले सरकार ज्येष्ठ नागरिकको अधिकार रक्षा र सुविधा दिन प्रतिबद्ध रहेको बताउँदै पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको धारणा ब्यक्त गरिन् । युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सवै निकायले ध्यान दिनुपर्ने उनको भनाई थियो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकले दिवा सेवा केन्द्रको पूर्वाधार विकासमा ध्यान दिन र आवश्यक बजेट व्यवस्था गर्न माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस