असिनापानीले बैतडीको बालीनालीमा ठूलो क्षति

बैतडी, २९ असोज / मनसुन बाहिरिदै गर्दा असोजको अन्त्यसँगै आएको असिना पानीले बैतडीका विभिन्न वस्तिहरुका बालीनालीमा ठूलो क्षति पुगेको छ । वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको हो ।

आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको स्थानीय कृषकहरुले जानकारी दिएका छन् । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जनाए । पाकेर भित्र्याउने तयारी रहेको बाली नष्ट गरेपछि त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।

Advertisement:

दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएर धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको बताईएको छ । वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताईन् । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस् :